Categories समाचार

पेस्तोल खरिदबिक्रीमा संलग्न दुई युवक पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा पेस्तोल खरिदबिक्री र ओसारपसारमा संलग्न दुई युवक पक्राउ परेका छन् । कटुवा पेस्तोलको खरिदबिक्रीमा संलग्न वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का २१ वर्षिय साहिल अन्सारी र त्यहि ठाँउका २६ वर्षिय सरफराज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, प्रहरी चौकी सिर्सियाबाट खटिएको गस्ती टोलीले वीरगन्ज २५ स्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटरसाईकल चालक साहिललाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो ।

Advertisement

पक्राउ परेका साहिलले उक्त कुटुवा पेस्तोल आँफुले सरफराजसंगै मिलेर खरिद गरेको बयानदिएपछि प्रहरीले सरफराजलाईपनि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।प्रारम्भिक अनुसन्धानका क्रममा दुबै जनाले मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको स्वीकारपनि गरिसकेको जानकारी थापाले दिए ।

Advertisement

पेस्तोलसहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाही भैरहेको थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *