Categories समाचार

इजराइलमा मारिएका धनुषाका आनन्दसहित दुईको शव पहिचान, नेपाल ल्याउने तयारी

Advertisement

वीरगन्ज । हमासको आक्रमणमा दक्षिणी इजरायलमा मारिएका धनुषाका आनन्दसाहसहित दुई नेपालीको शव पहिचान भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ सपहीका आनन्द साह र मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान भएको हो ।

Advertisement

दुबैजनाको शव पहिचान हुन बाँकी थियो । दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ ।

Advertisement

सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *