Categories समाचार

रुपेश हत्या प्रकरण : बारा प्रहरीको अनुसन्धान फितलो, प्रहरी प्रतिको विश्वास गुम्दै ।

Advertisement

वीरगन्ज । प्रधानध्यापक रुपेश सर्राफ हत्या काण्डमा जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको अनुसंधान प्रतिवेन अनुसार प्रहरीले ९० प्रतिशत अनुसन्धान पूरा भइसकेको दाबी गरेपनि बारा प्रहरीको अनुसन्धान फितलो देखिएको छ ।

 

Advertisement

रूपेश सर्राफ हत्याकाण्डमा गोली प्रहार गर्ने भारतीय मुख्य शुटरलाई बारा प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बारा प्रहरीले रूपेश सर्राफको योजनाकार पक्राउ गरेर भ्रम मात्र छरेको स्थानीयले आरोप लगाएका छन् ।

Advertisement

२ दिन बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय बाराले हत्याराबारे आधिकारिक जानकारी गराए पनि मुख्य शुटरलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । मुख्य योजनाकारसहित १० जना पक्राउ गरे पनि मुख्य शुटर पक्राउ नपरेको प्रति बारा बासीहरुको प्रहरी प्रतिको विश्वास गुम्दै गएको छ ।

बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले रुपेशको हत्या राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण भएको भन्दै हत्यामा संलग्न राधासहित पाँच जनालाई सार्वजनिक गरेको थिए भने अन्य पाँच जनामाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । 

सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जामिल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्। हालसम्म १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेकाको सार्वजनिक गरिरहेको काफ्लेले बताए।

कलैया ६ मदर्शा टोलस्थित बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रधानाध्यापक ३६ वर्षिय रुपेशको गत सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार भइ आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी हत्या गरेका थिए । 

यता रुपेश सर्राफका परिवारजनले प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । बुधबार कलैयामा प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरे लगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरुसंग कुरा गर्दै प्रहरीको अनुसन्धान माथि प्रश्न उठाएका छन् ।

पत्रकारहरुसंगको कुराकानीमा मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसंगको प्रेम सम्बन्धका कारण भाई रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *