Categories समाचार

वीरगन्ज : घर भित्र रहेको सबै कोठाको ताला फोडेर चोरी

Advertisement

वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटङकीस्थित एउटा घरबाट लाखाैं मुल्यकाे मालसामान चोरी भएको छ ।

खानेपानी संस्थानकाे कार्यालय नजिक रहेको कृष्ण प्रसाद कलवारको घरबाट करिब दश लाख रुपैया बराबरको चोरी भएको पिडितले बताएका छन् । घरमा कोही नभएको मोकाछोपी चोरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चोरेर लगेकाापपपपपप हुन् ।

Advertisement

त्यही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाका इन्जिनियर रबिभुषण पटेलको कोठामा पनि चोरी भएको छ । उनको कोठाबाट चोरहरुले दुईटा ल्यापटप र एक लाख नगद चोरेर लगेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार एक तल्ले भवन अगाडीको पर्खालबाट हाम फालेर मेनगेटको ताला फोडेर घर भित्र चोरहरु प्रबेश गरेको देखिन्छ । घर भित्र रहेको पांच वटै कोठाको ताला फोडेर चोरहरुले चोरी गरेका हुन् ।

घर धनी बस्दै आएका कोठाहरुमा पनि चोरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चोरी भएको सामानको विवरण थाहा हुन सकेको छैन् ।

चाेरीकाे घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *