Rato Pana
खेलकुद

श्रीलंका ५५ रनमै अलआउट, भारत बन्यो सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम

काठमाडौं । एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले हराएको छ । लगातार सातौं जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ ।

बांखडेमा भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.४ ओभरमा ५५ रन जोड्दा सबै विकेट गुमायो । भारतका मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ र जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

बुमराहले आफ्नो पहिलो बलमै पथुम निशांकालाई एलबीडब्लू आउट गरे । मोहम्मद सिराजले पनि आफ्नो पहिलो बलमै दिमथु करुणारत्नेलाई एलबीडब्लूको शिकार बनाए । त्यही ओभरको पाँचौं बलमा उनले सदिरा समरविक्रमाको विकेट लिएपछि श्रीलंकाले रनको खाता नखोल्दै महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।

आफ्नो अर्को ओभरमा सिराजले कप्तान कुशल मेन्डिसलाई बोल्ड गरे, जतिबेला श्रीलंकाको स्कोर केबल ३ रन थियो । खेलको दशौं ओभरमा कप्तान रोहित शर्माले मोहम्मद सामीलाई बल दिए । उनले लगातार दुई बलमा दुई विकेट लिए । पहिलो ओभरको तेस्रो बलमा उनले चरिथ असलंकालाई शिकार बनाए भने अर्को बलमा दुशन हेमन्तालाई आउट गरे ।

सम्वन्धित समाचार

Leave a Comment