Categories खेलकुद

विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल, आज युएई र नेपालबिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । 

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।   खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । साभार

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *