काठमाडौं । सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ ।
सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ ।
दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।



