Categories समाचार

प्रधानमन्त्री प्रचण्ड चिकित्सक र औषधिसहित भूकम्प प्रभावित क्षेत्रतर्फ

Advertisement

काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।  उहाँ  विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो । 

Advertisement

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गर्नुभएको पनि सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।   

Advertisement

मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पमा परि शनिबार विहानसम्म जाजरकोट र रूकुम पश्चिममा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *