वीरगन्ज । नव जनकल्याण युवा संजाल, पर्साद्वारा दोस्रो साता नारायणी आस्पतालमा बिरामीको कुरुवा लगायत वीरगन्जका विभिन्न स्थानमा खाना वितरण गरिएको छ ।
संजालले हरेक साताको एक दिन “Food for Needy” (F4N) नामक निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरेको अध्यक्ष मोहम्मद सागिर अलीले जानकारी गराउनु भयो । सोही अभियान अन्तर्गत आज दोस्रो हप्ता अस्पताल लगायत भिड हुने विभिन्न स्थानमा खाना वितरण गरिएको छ ।
सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको संजालले आउने दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष अलीले बताउनु हुन्छ ।
ईनफोरमेटिकस कन्सल्टेन्सी र राजदेवी क्लिनिकको सहयोग रहेको सो कार्यक्रममा प्रवक्ता राजु गुप्ता, सल्लाहकार अमित सिंह ,उपाध्यक्ष दिलखुश देवान, सचीव बिक्किराज पटेल, अंकित मिश्रा, राजु गुप्ता,शुशिल गुप्ता,आकाश गिरि र ,गिरधारी झा,मिन्टु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।






