वीरगञ्ज । समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समुदायिक रेडियो नारायणी एफएम प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं वर्षमा प्रवेश गरेको अवसरमा राखिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
वीरगञ्जको कुमु प्यालेस होटलमा समुदायिक रेडियो नारायणी एफएमद्वारा तीन घण्टासम्म चलेको रक्तदान ७ महिलासहित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले रक्तदातालाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


