Categories समाचार

बिल विजक भन्दा बढी सामानहरू लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले बिल विजक भन्दा बढी सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

वीरगञ्जबाट चितवन तर्फ गइरहेको ना.३ ख ९३२ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज – १६ नगवा पोखरी नजिकै रोकेर चेकजाँच गर्दा त्यसमा बिल विजक भन्दा बढी सामग्री लोड रहेको भेटिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
 
नियन्त्रणमा आएको ट्रकको र सामग्रीको अनुमानित २४ लाख ४६ हजार ५३५ रुपैयाँ मूल्याङ्कन गरी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *