Categories समाचार

सिर्सिया नदी अनुगमन तिब्र : २ उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउँदै, केहीकोे बदमासी अझै यथावत

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाही पछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।

महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदुषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् ।

Advertisement

नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनी पछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् ।

Advertisement

यस अघि नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएका ५ वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेपछि ३÷३ लाख रुपैयाँ जरिबाना गरिएको थियो ।

उद्योगबाट निस्कने केमिकल सहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित बन्न पुगेको हो ।
महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको छ ।

ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ । समितिले आइतबार र सोमबार नदी आसपासमा रहेका उद्योगहरुको अनुगमन गरेको थियो । यस अघि महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदीको अनुगमन गर्नु भएको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *