अमित अग्रवाल
वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित एकजना भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
गत शनिबार अन्दाजी बिहान ११:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट भारत विहार जिल्ला मोतीहारी नकरदेही थाना ग्राम भवानीपुर बस्ने २७ वर्षीय भुलावन पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीसँग खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५२० मि.ग्राम फेला परेको हुँदा लागु औषध सहित उनलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
साथै सोही दिन साझ ६:३० बजे सोही ठाउँबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय सन्तोष महतोसंग सेतो प्लाष्टिकको झोलामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डब्बामा ९०० ट्याब्लेट फेला परेको हुँदा उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।





