Categories समाचार

पर्साको प्रशुरामबाट अपहरणमा परेका कलवारलाई भारतको भेलाहिबाट उद्धार

पर्सा । पर्साको कालिकामाई गाउँपालिका – ४ प्रशुरामबाट अपहरणमा परेका नथुनी साह कलवारलाई भारतको भेलाहिबाट पर्सा प्रहरीले उद्धार गरेको छ । 

आईतबार बेलुका ६ :०० बजे कलवार अपहरणमा परेका थिए । ६ बजे अपहरणमा परेका कलवारको राती ९ बजे पकाहामैनपुर गाउँपालिका -१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर पर भारतको भेलाहीबाट भारतिय प्रहरीको सहयोग एवं ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले कलवारलाई सकुशल उद्धार गरेर नेपाल ल्याइएको पर्सा प्रहरी उपरीक्षक कोमल साहले बताए । 

Advertisement

अपरण गरेको आशंकामा प्रहरीले अपहरणकारी आमोद चौरसियासहित एक जनालाई पक्राउ गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् । 

Advertisement

कलवार अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परे। आइतबार जिल्ला अदालत पर्सामा लेनदेन मुद्दाको अन्तिम फैसलामा कलवारले मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेको उनी बताउँछन्।

लेनदेनको मुद्दामा अपहरणमा परेका कलवार वारिस थिए। उनका छोरा जितेन्द्रकुमार गुप्ता मुद्दाका वादी। उनको पाँच लाखको लेनदेन मुद्दामा जिल्ला अदालत पर्साले आठ लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ।

मुद्दा जितेर साइकलमा घर फर्किँदै गरेका कलवार प्रतिवादीबाट बाटोमै अपहरणमा परे। सोही गाउँपालिका– ४ पशुरामपुरनिवासी लेनदेन मुद्दाका प्रतिवादी प्रमोद राउत बरईसहित अमोद बरई र सोही गाउँका रवन्जत साह गोढले उनलाई बाटोबाटै अपहरण गरेको कलवारले बताए।

उनका अनुसार घर जाने क्रममा रोकेर बाटोमै ज्यान मार्ने धम्की दिए। मोटरसाइकलमा बसाएर नदीकिनारको कच्ची बाटो हुँदै कलवारलाई भारत पुर्‍याए। भारतको भेलाहीनिवासी विनोद वर्णवालको घरमा बन्धक बनाए। अपहरणकारी प्रतिवादीले सोही घरमा बन्धक बनाएर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गर्न लगाएको कलवारले बताए। उनका अनुसार हस्ताक्षर गर्न नमानेपछि कलवारमाथि हातपात गरेको र औँ लामा चोटसमेत लागेको छ। ज्योति दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *