Categories समाचार

अटोमेटिक पेस्तोलसहित लाहानबाट तीनजना पक्राउ

Advertisement

वीरगन्ज । सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स ब्यूरोले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

९ एमएमको पेस्तोलसहित ३ जनालाई पक्राउ गरिएका सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । 

Advertisement

पक्राउ पर्नेहरुमा सप्तरी घर भएका ३१ वर्षीय अनिल राम, ३० वर्षीय जिबानन्द चौधरी र ३५ वर्षीय सञ्जय प्रसाद चौधरी छन् ।

Advertisement

आरोपीतहरुको साथबाट सशस्त्र प्रहरीको टोलीले १ लाख ८४ हजार नगद पनि बरामद गरेको छ । आरोपीतहरुको साथमा एनसेल र एनटिसीको रिचार्ज कार्ड पनि बरामद गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *