वीरगञ्ज । भारत, बिहार पूर्वी चम्पारणा तीनकोनिया छौडादानोमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको सोमबार पुतला दहन गरिएको छ ।
सयौंको सङ्ख्यामा महिला तथा पुरुषहरूले पुतला जलाउँदै निर्दोष व्यक्तिलाई फसाउने एसपी काफ्ले विरुद्ध नाराबाजी गरेका थिए ।
कलैया वडा नम्बर ६ मदर्साटोलमा कात्तिक १३ गते भएको सर्राफको हत्याकाण्डमा छौडादानो, तीनकोनिया निवासी कामेश्वर सहनीको नाम जोडिएपछि गाउँलेहरूले एसपी काफ्लेको पुतला जलाएका हुन । समाचार आजको प्रतिक दैनिकमा छ ।
सहनी ग्राम पञ्चायतका पूर्वसदस्य रहेको र उनले घटनाको दिन अन्यत्र रहेको तबाही न्यूज डटकममा अभिव्यक्ति दिएको थिए ।
बारा जिल्लामा कुनै घटना हुँदा उनीलगायत चारजना युवकको नाम जोड्ने बारा प्रहरीसँग आफूहरूको नाम हटाउन माग गरेका छन् ।
आज रक्सौल र मोतिहारी थानामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एकजनाले बताएका छन् ।






