Categories समाचार

संघीय विरुद्ध मधेस सरकार आज आन्दोलनको कार्यक्रम घोषणा गर्दै

Advertisement

वीरगन्ज । संघीय सरकारको विरुद्धमा मधेस सरकारले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ। संघीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेस प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।

आज बुधबार दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए।

Advertisement

यसअघि सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा सङ्घर्षमा उत्रिनेसम्मको निर्णय गरेअनुसार आज बुधार आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको उनले बताए।

Advertisement

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वमा भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल समक्ष १५ दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने बताइएको छ। नागरिकबाट साभार

फाइल फोटो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *