Categories समाचार

हत्याको योजना बनाउदैं गरेको अवस्थामा रिभाल्ब र पेस्तोलसहित पाँच जनालाई प्रहरीले पक्राउ

Advertisement

वीरगन्ज । बारामा व्याक्ति हत्याको योजना बनाउदैं गरेको अवस्थामा रिभाल्ब र पेस्तोलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरस्थित एक घरमा बिहीबार बिहान बसेर व्याक्ति हत्याको योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले हतियार सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरका ६२ वर्षिय रुपलाल पटेलका , उनका छोराहरु ४० वर्षिय उपेन्द्र पटेल र २७ वर्षिय धिरेन्द्र पटेल, उपेन्द्रका साला रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ का ४४ वर्षिय राजमंगल पटेल र ससुरा ८० वर्षिय सोभा राउत रहेका छन् । उनिहरुको साथबाट अत्याधुनिक रिभाल्वर १ थान, त्यसमा लाग्ने गोली ७ राउण्ड, नलकटुवा पेस्तोल १ थान , त्यसमा लाग्ने गोली १ राउण्ड र केएफ १२ लेखिएको गोली २ राउण्ड बरामद गरिएको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार , उपेन्द्रले गाँउकै एक व्याक्तिको गोली हानेर हत्या गर्नका लागि बिहीबार बिहान आफनै घरमा केहि मान्छेहरु बोलाएर योजना बनाइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उपेन्द्रको घरमा बिहिबार बिहान ८ बजेतिर छापा मारेको थियो ।त्यसक्रममा उपेन्द्रको घरभित्र हत्याको योजना बनाएर बसेकै अवस्थामा उपेन्द्रसहित पाँच जना पक्राउ परेका हुन् ।

Advertisement

उपेन्द्रको घरबाट कालो रंगको प्लाष्टिकको झोलाभित्र सेतो कपडाले बेरेर राखिएको अवस्थमा ती हतियार र गोली बरामदपनि भएको प्रहरी उपरक्षिक काफलेले बताए ।हतियार र गोलीसहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए । मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *