Categories समाचार

युवाहरूद्वारा गाउँको सरसफाइ गर्दै तिहार तथा छठको तयारी

Advertisement

अनिल गुप्ता
वीरगन्ज । बाराको परवानीपुर गाउँपालिकाको वडा नम्बर ५ मा दिपावली (तिहार) तथा छठ पर्वको तयारी धुमधामले भइरहेको छ ।

दिपावली तथा छठपर्व नजिकिँदै गएपछि परवानीपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारले पालिकाबाट डोजर ल्याइ जताततै फोहर रहेको ठाँउलाइ व्यवस्थित ढङ्गले व्यवस्थापन गराइरहेका छन् ।

Advertisement

नौतन छठ पुजा समितिका अध्यक्ष गणेश प्रसाद साहले यसवर्ष छठमा आफुलाई अध्यक्ष बनाएका गाउँका राजनितिक युवा अगुवालाई ध्यानमा राखि अरु वर्षको छठ घाट भन्दा यसवर्षको छठमा राम्रो सजावट गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Advertisement

यसैगरी वडा सदस्य दारा सिंह पटेलले दिपावली तथा छठ पर्वको शुभकामना दिदै छठ पर्वमा कुनै समस्या भए जानकारी गराउन अनुरोध गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *