Categories समाचार

बिलविजक भन्दा बढी सामान बोकेको चारवटा भारतीय ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

वीरगन्ज । बिलविजक भन्दा बढीको सामान बोकेको चारवटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति करिब १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगंजमा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

प्रहरीले ईण्डियन ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि अन्दाजी १ करोड ६४ लाख ४८ हजार ५ सय ८ रूपैया बराबरको हार्डवेयरको सामान ट्रक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *