Categories समाज

चोरी गरेको समान चोरले आफै फिर्ता गरेपछि

Advertisement

बाँके । बाँकेमा अनौठो घटना घटेको छ। केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको अनौठो घटना घटेको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो। 

Advertisement

सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।

Advertisement

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा  उजुरी दिएको उनले जानकारी दिए। “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौँ” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले शुक्रबार राति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो।” उनले भने। 

घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएका थिए। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *