Categories समाचार

आफ्नै घरभित्र मृत अवस्थामा भेटिए श्रीमान् र श्रीमती

Advertisement

धनगढी । कञ्चनपुरमा श्रीमान् र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

Advertisement

मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

उनीहरुको मृत्युको कारण नखुलेको बताउदै प्रहरी नायब उपरीक्षक डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । अनलाइन खबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *