Categories धर्म/संस्कृति

आज तराई–मधेसमा गोधन कुटिँदै (फोटोफिचर)

वीरगन्ज । हिन्दूहरूको दोस्रो ठूलो पर्व दीपावली (तिहार) पर्वको पाँचौँ दिन आज तराई–मधेससहितका जिल्लामा गोधन कुटिएको छ। समाजका व्यक्तिहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको छ। 

पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ।

Advertisement

बिघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजा विधिमा प्रकृतिको आराधना भएको हिन्दू संस्कृतिविद्हरू बताउँछन्।

Advertisement

यमपञ्चकको पाँचौँ दिन मनाइने यस पर्वमा तराई–मधेसका कतिपय जाति–समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन्। यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रंगाउन प्रयोग गरिन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *