Categories समाचार

बसको ठक्करबाट एक वृद्धको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् ।

सर्लाही प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा ठक्कर दिँँदा राई गम्भीर घाइते भएका थिए ।

Advertisement

राईको उपचारका क्रममा बुधबार राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Advertisement

ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेका र बस व्यवसायी संघ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *