Categories समाचार समाज

छठ पर्वको अवसरमा वीरगन्ज कपडा बैंकद्वारा नि:शुल्क कपडा वितरण

Advertisement

वीरगन्ज । छठ पर्वको उपलक्षयमा शुभकामना सहित वीरगन्ज कपडा बैंक संस्थाले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।

हरेक आइतबार देखि शुक्रवार सम्म वीरगन्जको वडा नम्बर ८ मा रहेको आफ्नै कार्यालयबाट बिहान १०:३० देखि बेलुका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले छठपर्वको अवसरमा बिहीबार नयाँ साडी २४ थानसहित १००० थान कपड़ा वितरण गरेको अध्यक्ष लालबाबु सिंहले बताउनु भयो ।

Advertisement

अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुरसंस्थाका उपाध्यक्ष मोनिका सिंह, निवर्तमान अध्यक्ष रम्भा मिश्रा, पुर्व अध्यक्ष बृजेश्वर प्रसाद चौधरी, सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता- ओम प्रकाश सरार्फ, युवा समाजसेवी हुकुम सिंह राजपुत, सदस्य हरेंद्र पटेल, संजय मंडल, शोभा देवी, राहुल सिंह राजपुत , पत्रकार क्रान्ती साह, निरज पिठाकोठे मगर , प्रणय साह, राज सरार्फ, संजय दास थारु लगायतको सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *