Categories समाज

सात वर्षीया बालिकाको बलात्कार आरोपमा १५ वर्षीय काका पक्राउ

Advertisement

वीरगन्ज । प्रहरीले सात वर्षीया भतिजीको जबर्जस्ती करणी गरेको आरोपमा रावाबेसी गाउँपालिकामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीय काका रहेको प्रहरीले जनाएका छन् ।

बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेलाई त्यसैदिन पक्राउ गरिएको हो ।

Advertisement

प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ ।

Advertisement

बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *