Rato Pana
समाचार

मोटरसाइकल एकआपसमा ठोकिदा दुइजना घाइते

अनिल गुप्ता

वीरगन्ज । प्रसौनीमा दुई मोटरसाइकल एकआपसमा ठोकिदा दुइजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ७:५० बजे जिल्ला बारा प्रसौनी गाउँ पालिका वडा नम्बर १ कलैया वीरगन्ज सडकखण्डमा वीरगन्जबाट कलैया तर्फ जादै गरेको ना.२४ प.८७८६ नम्बरको मोटरसाइकलले बिपरित दिशा कलैयाबाट आउदै गरेको प्रदेश २-०३-०२२ प.६७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ना.२४ प.८७८६ नम्बर को मोटरसाइकल चालक जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं ३ नौतन बस्ने अम्बिका प्र.कुर्मिको छोरा अंन्दाजी वर्ष २२ को राजु पटेलको दाहिने हात र खुट्टामा चोट लागेको छ ।

साथै प्रदेश २-०३-०२२ प.६७४७ नम्बर को मोटरसाइकल चालक जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं ६ बंन्दर टोल बस्ने रबिन्द्र प्र.यादवको छोरा अन्दाजी वर्ष १९ को योगेश यादवको टाउको र बायाँ हातमा चोट लागेको जनाइएको छ ।

उक्त मोटरसाइकलमा सवार जिल्ला बारा बारा गढि गाउँ पालिका वडा नं ३ मुर्किपालिया टोल बस्ने रमेश प्र.यादव को छोरा अन्दाजी वर्ष १७ को भजन प्र.यादवको दाहिने हातमा चोट रहेको एक जना प्रत्यक्षदर्शी ले जानकारी गराए ।

तिनै जना घाइतेहरुको उपचार परवानीपुर गाउँपालिका स्थित रहेको एल एस् न्युरो अस्पतालमा उपचारका भइरहेको र उक्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय प्रसौनी बाराको नियन्त्रणमा राखिएको कार्यालय प्रमुख बिनोद बोहरा ले जानकारी गराएका छन् ।

सम्वन्धित समाचार

Leave a Comment