Rato Pana
धर्म/संस्कृति

छठ पर्वको मुख्य दिन आज सूर्यको पूजा गरि मनाइदै

वीरगन्ज । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । 

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

सम्वन्धित समाचार

Leave a Comment