Categories समाचार

जसपा सांसद यादवले लिइन सपथ

वीरगन्ज । मधेश प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालकी सन्जिला कुमारी यादवले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।

समानुपातिक सांसद बिन्दु कुमारी यादवको मृत्यु पश्चात उनको स्थानमा सन्जिलाले बुधबार प्रदेशसभामा सपथ लिएकी हुन् ।

सभामुख रामचन्द्र मण्डलले उनलाई सपथ ग्रहण गराएका हुन् । यादवले मैथिली भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *