Categories समाचार

प्रसौनी गाउँपालिकाद्वारा कृषकलाई ५०% अनुदानमा गहुँको बीउ वितरण

Advertisement

अनिल गुप्ता

वीरगन्ज । प्रसौनी गाउँपालिकाद्वारा पालिकाका किसानहरुलाइ ५०% अनुदानमा गहुँको बीउ वितरण गरिदै छ ।

Advertisement

७ वटा वडा रहेको सो पालिकाका ४५५ जना कृषकले बीउका लागि निवेदन दर्ता गराएका कृषि शाखा प्रमुख सुनिल महतोले जानकारी गराए ।

Advertisement

सोही अनुसार पहिलो प्राथमिकता निवेदन दिएका किसान र दोस्रो चरणमा अन्य किसानलाई पनि बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले बताए ।

अध्यक्ष जैसवालले रातोपानाकर्मी संग कुराकानी गर्दै भने “२९ टन गहुँको बीउ आएकोमा पहिलैदेखि निवेदन दर्ता गराएका कृषकलाई अहिले उपलब्ध गराउदैछौ यस पछि पनि कृषि कार्यमा लागेका तर बीउ लिन छुटेका कृषकहरुलाई पनि उपलब्ध गराउन हामी लागेका छौ।”

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *