Categories समाचार

बर्दियामा आगलागी हुँदा एकै घरका तीन बालबालिकासहित चार जनाको मृत्यु

Advertisement

वीरगन्ज । बर्दियामा आगलागी हुँदा एकै घरका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका छन् । शुक्रबार राति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरतचन्दको घरमा आगलागी भएको हो ।

घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय बालक कृष चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीमा २७ वर्षीया करिष्मा चन्द गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

Advertisement

स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *