Rato Pana
समाचार

गाउँपालिका संगठन विभाग प्रमुखमा युवा अभियन्ता बिनय गुप्ता चयन

वीरगन्ज । राष्ट्रीय स्वन्त्रन्त पार्टीद्वारा प्रसौनी गाउँपालिकामा प्रथम भेला सम्पन गरिएको छ । सो भेला बाट ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

पार्टीका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिल शाह केसरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाबाट वकिल कुमार सहनीको सभापतित्वमा ११ सदस्यीय गाउँपालिका कार्य समिति गठन गरिएको जनाएको छ ।

गाउँपालिका संगठन विभाग प्रमुखमा युवा अभियन्ता बिनय गुप्ता र कृषि विभाग प्रमुखको जिम्मेवारी मुकेश साहले पाउनुभएको छ ।

प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ मा भएको भेलाबाट उप-सभापतिमा राजकुमार सरार्फ, सचिव प्रभु दास, कोषाध्यक्ष मैना देवी ठाकुर, सदस्य रामेश्वर यादव, मुस्तुफा अंसारी, मुनीलाल सहनी, विरेन्द्र साह तेली, सीता देवी, सुनिता देवी गुप्ता, मनदोदरी देवीलाइ चयन गरिएको छ ।

सल्लाहकारमा सलिम मियाँ र प्रभात राउत रहेका छन् ।

सम्वन्धित समाचार

Leave a Comment