Categories समाचार

सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध

Advertisement

काठमाडौँ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । 

प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ । 

Advertisement

सात दिनभित्र आफू गैर हाजिर  रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *