Categories समाचार

सुशासन समितिको अनुगमन तिब्र, एकै दिन ५ वटा वडाको अनुगमन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतबार महानगरको ५ वटा वडाको सेवा प्रवाह बारे अनुगमन गरेको छ ।
वडाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन र वडाको समस्या पहिचान गर्न समितिले कडाइका साथ अनुगमन थालेको हो ।

समितिले आइतबार वडा नं. ८, ९, ११, १३ र १४ मा अनुगमन गर्दै त्यहा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिनुभयो ।

Advertisement

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमनलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।
समितिले यस अघि विभिन्न ९ वटा वडाको अनुगमन गरेको थियो ।

Advertisement

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिनुभए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाअध्यक्ष समेत रहनु भएका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नं. ११ का वडाध्यक्ष अजय कुमार बरै लगायत रहनु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *