Categories समाचार

गेष्टहाउसमा जबरजस्ती वेश्यावृती गराई रहेको आरोपमा सञ्चालकसहित दुईजना पक्राउ

Advertisement

वीरगन्ज । गेष्टहाउसमा जबरजस्ती वेश्यावृती गराई रहेको आरोपमा सप्तरी प्रहरीले गेष्टहाउका सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका २ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement

राजविराज ३ स्थित रहेको लक्ष्मी गेष्ट हाउसमा वेश्यावृती भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले महिलाहरुलाई बिभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भईरहेको फेला पारेको प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

Advertisement

मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट पक्राउ परेका दुबैजना विरुद्ध म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *