Categories पत्रपत्रिका

दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारका लागि हारगुहार

वीरगन्ज । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे। अनि म्यानपावर एजेन्टहरूसँग सम्पर्क गर्न थाले। यसै क्रममा आफूले सञ्चालन गर्दै आएको फर्निचर पसल उनले बन्द गरे।

भद्रपुर–८ स्थित फूलबारी टोलनिवासी अन्सारीको अन्ततः दुबईको भिसा लाग्यो। श्रीमतीको चाहिँ लागेन। अन्सारीलाई काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते दुबईस्थित जेबेल अली उडायो। उक्त म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै आफूसँग १ लाख ७५ हजार रुपैयाँँ लिएको अन्सारीले बताए।

Advertisement

उनले म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार उनलाई चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) दिने भनिएको  थियो। उक्त कामबापत उनलाई मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँँ) दिने सर्त थियो। अन्सारीसँगै अन्य आठ नेपालीलाई पनि सागर म्यानपावरले सोही कम्पनीमा उही कामका लागि भन्दै दुबई पठाएको छ।

Advertisement

दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो। फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो। यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो। काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए। तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *