Categories समाचार स्वास्थ्य

बसडिलवामा आँखा शिविर, ४३ जनामा देखियो मोतियाबिन्दुको समस्या

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. २९ बसडिलवामा बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

साहिब दरबारको आयोजना र सामुदायिक आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा १८४ जनाको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । आँखा जाँच गरिएकाहरु मध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या भेटिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

Advertisement

शिविरमा जाँच गराएकाहरुलाई निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो । शिविरमा जाँच गराएका मध्ये मोतियोबिन्दुका समस्या देखिएकाहरुको बिहीबार सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यकृया गरिने पनि अस्पतालका मेडिकल संयोजक धामीले जानकारी दिनुभयो ।

Advertisement

शिविरको उद्घाटन गर्नुहुँदै महानगर प्रमुख राजेशमान सिंहले महानगरको ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै आँखा शिविर संचालन गराइएको बताउनुभयो ।
साहिब दरबारको आयोजना र सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा महानगरका विभिन्न स्थानमा निशुल्क आँखा जाँच शिविर संचालन भइरहेको छ ।

बिहीबार सम्पन्न शिविरमा वडा नं. २९ का वडाध्यक्ष धम्रेन्द्र चौधरी, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ, साबिह दरबारकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, संगिता दास, लक्ष्मी देवी चौरसिया, सुरज गुप्ता, अवधेस यादव, जगरनाथ राउत अहिर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *