Categories समाचार

वडाले आयोजना गरेको कार्यक्रममा ४५ जनाले गरे रगत दान

Advertisement

वीरगन्ज । फेटा गाउँपालिका वडा नम्बर २ जगतपुरमा आयोजना भएको रक्तदान कार्यक्रममा ४५ जनाले रगत दान गरेका छन् ।

वडा अध्यक्ष नरेश प्रसादको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रक्तदाताहरुलाई रक्तदान गर्ने पोका प्रदान गरि उद्घाटन गरेका थिए ।

Advertisement

विशिष्ट अतिथिमा फेटा गाउँपालिकाका प्रमुख रुसतम अंसारी, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, प्रमुख सेनानी कुमार खड्का, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफले , सशस्त्र प्रहरी कार्यालय बाराका एसपी टोप बहादुर जंगी, डाक्टर विशेश्वर प्रसाद, विरेन्द्र धिमिरे, निलम साह अतिथिमा अमिरिलाल प्रसाद, पलटन कुर्मी, रमेश कुर्मी, कमलेश मिश्र रहनुभएको थियो ।

Advertisement

ग्रामीण भेगमा यस्तो कार्यक्रम गर्न एकदमै आवश्यक रहेको वक्ताहरुले जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *