Categories समाचार

महानगरको पहलमा नारायणी अस्पतालमा निर्माण हुँदै पोस्ट नेटल केयर वार्ड

Advertisement

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा प्रसूती पश्चात हेरचाह गर्न आवश्यक पर्ने कक्ष (पोस्ट नेटल केयर वार्ड) निर्माण हुने भएको छ । हाल रहेको कक्षमा सिमित संख्यामा बढ्दो चापका कारण प्रसूती भएका आमा र बच्चालाई राख्न हाल रहेको कक्ष अपुग रहेकाले थप २५ जना सुत्केरी आमा र बच्चा राख्न मिल्ने गरि नयाँ कक्ष निर्माण गरिने भएको हो ।

पोस्ट नेटल केयर वार्डको निर्माणको जिम्मा वीरगंजमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले लिएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले ४० लाखको लागतमा अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गर्ने सम्झौता गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले जानकारी दिनुभयो ।

Advertisement

पिएनसी वार्ड छिटोछरितो निर्माण सम्पन्न गर्न आइतबार एक कार्यक्रमकाबीच वीरगंज महानगरपालिका, कन्साई नेरोलेक पेन्ट र नारायणी अस्पतालबीच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ । सम्झौतामा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गर्नुभएको छ ।

Advertisement

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालमा निर्माण हुन लागेको पिएनसी वार्डको गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताउँदै गुणस्तरीय र बिरामी मैत्री संरचना निर्माण गर्न निर्देशन समेत दिनुभएको छ ।

अस्पतालको सेवा चुस्त र गुणस्तरीय बनाउन महानगरपालिकाले आइसीयु संचालनका लागि आवश्यक सहयोगका साथै अस्पतालको सरसफाई जिम्मा यस अघि नै लिएर काम गरिरहेको छ ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले अस्पतालमा रहेको विभिन्न समस्याहरु सबैको साथ र सहयोगबाट मात्रै समाधान हुने भएकाले निरन्तर सहयोग गर्न आग्रह गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *