Categories समाचार

आगो ताप्न बालिएको आगोले घर जल्दा एकजनाको मृत्यु 

Advertisement

वीरगन्ज । आगो ताप्ने क्रममा घर जल्दा सिन्धुपाल्चोकको बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ ।

आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

Advertisement

सोमबार साँझ आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

Advertisement

लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो ।

घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ ।

आगलागीबाट भएको क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *