काठमाडौं । भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । इण्डियन एक्सप्रेसका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरे ।
दयाले भने, ‘दिनेशले बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।
दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताए ।






