Categories समाचार

भ्रष्टाचार मुद्दामा यातायात कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना जेल चलान

Advertisement

वीरगन्ज । भ्रष्टाचार मुद्दामा यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना जेल चलान भएका छन् । राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएर फरार रहेका ५ जनालाई पक्राउ गरी जेल चलान गरिएको हो ।

सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो ।

Advertisement

उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका हुन । विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ।

Advertisement

मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना तोकेको हो ।

कुमारबहादुरको ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ ।

टीकारामको ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *