Categories समाचार

प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ

Advertisement

वीरगन्ज । सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. ७ बबाजी टोल बस्ने अन्दाजी २० वर्षीय अनिल कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement

मंगलबार साँझ भगवानपुर गाउँपालिका वडा नं. ३ धाति स्थित नेपाल भारत ग्रामिण सडक खण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा २५ प २३८३ नम्बरको मोटरसाईकल लाई रोकी चेकजाँच गर्दा लागूऔषधसहित दासलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

Advertisement

प्रहरीले दासको साथबाट डाइजोपाम ३५ एम्पुल, नोरजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल गरी १०५ एम्पुल लागूऔषध बरामद गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *