वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – ११ श्रीपुरमा बुधवार आयोजित निःशुल्क आँखा तथा दाँत शिविरबाट दुई सय पाँच जनाले लाभ लिएका छन् ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबार वीरगञ्जले आयोजना गरेको शिविरबाट महिला र पुरुष गरी दुई सय पाँच जनाले लाभ लिएका हुन् ।
शिविरमा आँखा परीक्षण गराएकामध्ये ५८ जनामा मोतीबिन्दुको समस्या भेटिएको र उनीहरूको बिहीबार निःशुल्क शल्यक्रिया गरिने साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीले बताए ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेको शिविरमा निःशुल्क औषधी वितरण पनि गरिएको सहनीले जानकारी दिए ।
शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य रमितामाया गुप्ता, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायतको पनि उपस्थिति थियो ।






