Categories समाचार

खेत जोतेर फर्किने क्रममा ट्याक्टर पल्टिँदा काका भतिजको मृत्यु

Advertisement

वीरगन्ज । सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ तुल्सीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।

Advertisement

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा ईन्जिनमा च्याम्पिएर दुबैजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए । ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएको उनले बताए ।

Advertisement

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल राखेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *