वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघले आयाेजन गरेकाे अन्तर विद्यालय कबड्डी खेलकाे तेस्राे दिन पनि छात्र तर्फ ४ खेल र छात्रा तर्फ २ खेल भएकाे छ ।
तेस्राे दिनकाे पहिलाे खेलमा छात्र तर्फ गाैतम स्कुल ४०-४७ अंकले वीरगन्ज पब्लिक स्कुल संग हारेकाे छ ।
पहिलाे खेलकाे म्यान अफ द म्याच वीरगन्ज पब्लिक स्कुलका जर्सी नम्बर २ का उदित यादव घाेषित भएका थिए भने दाेस्राे खेलकाे छात्र तर्फ नै एस आर ग्यालेक्सीले ७९-४६ अंकले वीरगंज गाेल्डेन गेट स्कुललाई हराउँदै जित हात पारेको हो । दाेस्राे खेलकाे म्यान अफ द म्याच जर्सी नम्बर ४ का सुरज कुश्वाहा घाेषित भए ।
यसै गरि तेस्राे खेलमा छात्राहरू तर्फ सूर्याेदय स्कुलले ५६ अंक र लिटिल फ्लावर स्कुलले ३५ अंक बनाएको थियो । तेस्राे खेलकाे प्लेयर अफ द म्याच सूर्याेदय स्कुलकी जर्सी नम्बर २ कि सलामुन खातुन भएकी थिन । आजै भएकाे छात्रा तर्फकाे चाैथाे खेलमा एस आर ग्यालेक्सी स्कुलले सालाेम स्कुललाई ३९-२४ काे अन्तरले पराजित गर्दै एस आर ग्यालेक्सी स्कुलकी जर्सी नम्बर ४ कि श्रिया पटेल प्लेयर अफ द म्याच घाेषित भएकी थिइन।
छात्र तर्फकाे पाचौं खेलमा लिटिल फ्लावर स्कुलले पिस जाेनलाई ५८-४१ अंकले हराउदै जितकाे पाेल्टाे आफ्नो नाम गर्न सफल भयो । म्यान अफ द म्याच लिटिल फ्लावर स्कुलका जर्सी नम्बर ११ का विश्वास यादव घाेषित भए ।
छैटौं र अंतिम खेलमा साउथ जाेन स्कुलले ९४-४१ काे फराकिलाे अंकले गूगल एकेडेमीलाई हराएको थियो । म्यान अफ द म्याच पनी गूगल एकेडेमीका जर्सी नम्बर ८ का आदित्य पटेल बनेका थिए ।
बिहिबार छात्रा तर्फ ४ वटा खेल र छात्र तर्फ २ वटा खेल हुने पर्सा जिल्ला कबड्डी संघका उपाध्यक्ष सुधिर गुप्ताले जनाकारी दिए ।










