Categories खेलकुद

प्रथम अन्तर विद्यालय कबड्डी प्रतियोगितामा लिटिल फ्लावर स्कुलको सान्दार जित

Advertisement

वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघले आयोजना गरेकाे अन्तर विद्यालय कबड्डी प्रतियोगिताको अन्तिम खेलमा छात्र र छात्रा तर्फकाे दुबै खेलमा लिटिल फ्लावर विजयी भएकाे छ ।

फाइनल खेलमा छात्रा तर्फकाे पहिलाे खेलमा लिटिल फलावर स्कुलले सूर्याेदय स्कुललाई ५७-५१ अंकले हराउदै विजय प्राप्त गरेको छ ।

Advertisement

लिटिल फलावर स्कुलकी जर्सी नम्बर ११ कि आरती प्लेयर अफ द म्याच बनेकी छिन भने बेस्ट रेडर सुर्योदय स्कुलकी जर्सी नं ५ मुस्कान गुप्ता र बेस्ट डिफेन्डर लिटिल फलावर स्कुलकी जर्सी नम्बर १४ राेशनी भण्डारी घाेषित भएकी छिन् ।

Advertisement

त्यसै गरि छात्र तर्फ लिटिल फलावर स्कुलले एस आर ग्यालेक्सी स्कुललाई हराउदै उपाधी उचालेकाे छ । लिटिल फलावर स्कुलले ७८-४१ अंकले एस आर ग्यालेक्सीलाई पराजित गरेको हो । प्लेयर अफ द मेच एस आर ग्यालेक्सीका जर्सी नम्बर २ का लक्ष्मण साह भए ।

बेस्ट रेडर र बेस्ट डिफेन्डर लिटिल फलावर स्कुलका विश्वास यादव र विद्यासागर घाेषित भए । माेस्ट डिसिपिल्न ट्रफी सूर्याेदय स्कुल र लिटिल फलावर स्कुलले पाएकाे थियाे । बेस्ट काेचकाे ट्रफी डिएभी स्कुलका काेच उपेन्द्र पटेलले हात पारेका हुन ।

प्रथम अन्तर बिधालय कबड्डी प्रतियोगिताका संयाेजक अमित सिंहको अध्यक्ष्तामा भएको समापन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विशिष्ट अतिथि वीरगन्ज पब्लिक स्कुल प्लस टु का निर्देशक मुकेश गुप्ता अतिथि राेटरी क्लबका मुकेश मित्तल, समाज सेवी पीयूष अग्रवाल राजनीतिक क्रमी प्रमे बाबू पटेल, युवा नेता सुशील पटेल, वडा सदस्य कुंदन पटेल रेफरी आकाश पटेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर सिंहले विजेता र उपविजेता टिमलाई मेडल, ट्रफी र नगद पुरस्कार वितरण गर्नुभएको पर्सा जिल्ला कबड्डी संघका अध्यक्ष अमित अग्रवालले बताए । कार्यक्रममा सहयाेग गर्ने संघ संस्थालाई माया काे चिनाे हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रमकाे सहजीकरण संघका सहसचिव श्याम सरार्फले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *