Categories समाचार

जनकपुरिया भन्ने रिजवाना खातुन पक्राउ

Advertisement

वीरगन्ज । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को जनकपुरिया भन्ने रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले जनकपुरिया भन्ने रिजवाना खातुनलाई ठगी मुद्दामा पक्राउ गरेको पर्साका एसपी कोमल शाहले बताए ।

उच्च अदालत जनकपुर बाट मिति २०७९ फागुन महिनाको १६ गते मा भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिंदा मुद्दा दोहराई हेर्ने अनुमती प्रदान गर्न मिलेन भनेर उच्च अदालतको अस्थायी ईजलास बिरगंजले फैसला गरे पछि रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पहिलाको मुद्दा हेर्न न मिल्ने भए पछि पर्सा प्रहरीले उनलाई आज पक्राउ गरेको छ।

Advertisement

जनकपुरिया भन्ने रिजवाना खातुनको केही हप्ता पहिला कारवाहिको माग गर्दै स्थानियहरुले जीतपुरमा चक्का जाम गरेर बिरोध प्रदर्शन समेत गरेको थिए । उनले जीतपुरको मदरसा टोलका स्थानियहरु माथी झुठो आरोप लगाएर मुद्दा दर्ता गराएर त्रसित बनाउने कार्य समेत गर्दै आएको बुझिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *