Categories समाचार

२६ किलो लागूऔषध गाँजा सहित स्कारपिओ गाडी प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । २६ किलो लागूऔषध गाँजा सहित स्कारपिओ गाडी बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज विहान साढे ७ बजे प्रहरी चौकी, पथलैया बाराबाट खटिएको प्रहरी टोलिले सो स्कारपिओ गाडीलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया स्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको DL4CNB3681 नं.को भारतीय स्कारपिओ गाडी शंकास्पद लागि चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको अन्दाजी ३६ किलो अबैध लागूऔषध गाँजा बरामद गरी गाडि समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले बताएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *