Categories समाचार

एक दिने कवि गोष्ठी वीरगन्जमा भव्यरुपले सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्जमा आयोजना भएको एक दिने कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

भोजपुरिया उडान संस्थाले आयोजना गरेको एक दिने कवि गोष्ठीमा उपस्थित कवि वक्ताहरूले कविता, गीत, गजल, मुक्तक लगायत वाचन गरेर सभाको शोभा बढाउनु भएको संस्थाका सचिव कृष्ण पासवानले जानकारी गराए ।

Advertisement

वीरगन्जको कलवार कल्याण समितिमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद पाण्डे सहित विशिष्ट अतिथिहरुले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

Advertisement

विभिन्न ठाउँबाट जमघट भएका कविहरुको कविता गीत गजलले त माहोल बनाएकै थियो तर आयोजक संस्थाको लगनशीलता र मिहिनेतका कारण गरिएको प्रयास सराहनीय रहेको भाषाकर्मी अशोक कुश्वाहाले बताए ।

कुश्वाहाले भने ` आफ्नै मातृभाषाको आनन्द लिरहदा आफ्नै माटोको सुगन्ध छर्कन चिया संग मकैको लावा र खाजामा मालपुवा र चट्नीको स्वादले माहोलनै भोजपुरीमै बनाएको आभाष भो ।´

भोजपुरी भाषाको उत्थान, प्रबर्द्धन तथा संरक्षणका लागि प्रयासरत रहेको हाम्रो संस्था भोजपुरिया उडानले बेलाबखत यस्ता कार्यक्रम आयोजना गरेर सम्पूर्ण कवि वर्गलाई एकीकृत गर्दै आफ्नो भाषालाई अगाडि बढाउन सबैसँग हातेमालो गर्ने अध्यक्ष आमोद प्रसाद गुप्ताले जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथि बाराका रामप्रसाद साह, सिम्रौनगढका बतहु यादव, प्राज्ञ दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका धुर्व सिंह ठकुरी, अतिथि अनिता साह, अजमत अलि, रितु राज, अशोक कुश्वाहा, विनय गुप्ता, राधेश्याम गुप्ता, संस्थाका ललन सहनी, कृष्ण पासवान, छोटु राजा, जय यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्थाकि अस्मिता पटेलले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *